२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

निरन्तरको वर्षाले सुदूरपश्चिमका ५ जिल्लामा सडक अवरुद्ध

निरन्तरको वर्षाका कारण खसेको पहिरोले सुदूरपश्चिम प्रदेशका पाँच जिल्लाका मुख्य राजमार्ग अवरुद्ध भएका छन्। पहिरोले बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा र अछाममा सडक अवरुद्ध भएका छन्। यस्तै,ग्रामीण सडकहरू पनि पूर्ण रुपमा बन्द भएका छन्। 

बैतडीको सुर्नया गाउँपालिका-६ तर्फको ढोल्यामोड, दार्चुलाको मालिकार्जुन नगरपालिका-२ को पनेबाज, बझाङको तमैल र अछामको साफे-मार्तडी सडकखण्ड डडेल्धुराको आलिताल गाउँपालिकाको सुनखोलामा पहिरो खसेपछि बुडर-जोगबुढा सडकखण्ड पनि अवरुद्ध भएको छ।

प्रहरीका अनुसार डडेल्धुराको रडुवामा पहिरो खसेको भने,पहिरो ठूलो नपरेका कारण एकतर्फी सडक सञ्चालनमा रहेको छ। अवरुद्ध राजमार्गलाई खुलाउने प्रयास भइरहेको यी जिल्लाका प्रहरी कार्यालयहरुले बताएका छन्।

प्रकाशित: २३ असार २०८१ ०८:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App