१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

खाँडो नदीको तटबन्धमाथिबाट बाढी बस्तीमा पस्दा ३० घर डुबानमा

सप्तरीको रुपनी गाउँपालिकास्थित खाँडो नदीको तटबन्धमाथिबाट बाढी बस्तीमा पस्दा रुपनी–१ का करिब ३० घर डुबानमा परेका छन्।

सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले खाँडो नदीको रुपनी गाउँपालिकास्थित जलमापन केन्द्रले दिएको जानकारी अनुसार आज बिहान नदीमा पानीको सतहलाई नाघेको बताए।

उनका अनुसार कञ्चनरूप नगरपालिका वडा नं. ३ र ११ तथा तिरुहुत गाउँपालिका वडा नं. १ र २ मा समेत बाढी पसेको छ भने राजविराजका घरहरूमा पनि पानी पसेको छ।

बाढी र डुबानको क्षतिबारे तथ्याङ्क सङ्कलनको काम तथा पीडितको उद्धारका लागि सशस्त्र प्रहरी परिचालन गरिएको प्रजिअ मंग्रातीले बताए।

प्रकाशित: १२ असार २०८१ १०:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App