१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

राष्ट्रिय परिचयपत्र सहज रुपमा उपलब्ध गराउन गृहमन्त्रालयद्धारा निर्देशन

राष्ट्रिय परिचयपत्र बनाउने ठाउँमा सेवाग्राहीको अत्याधिक भिड बढेकाले सहज रुपमा विवरण दर्ता गराउने काम गर्नको लागि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।  

सामाजिक सुरक्षा भत्ताका लागि साउन १ गते देखि अनिवार्य रुपमा राष्ट्रिय परिचय नम्बर आवश्यक पर्ने भएकाले सम्बन्धी जिल्लाहरुमा अहिले राष्ट्रिय परिचयपत्र बनाउनेहरुको भिड लागेकाले गृहमन्त्रालयले  प्रमुख जिल्ला अधिकारीहरुलाई वडास्तरमा नै विवरण संकलन गरी परिचयपत्र बनाउने काममा सहज बनाउन निदेशन दिएको हो।  

पहिलो चरणमा श्रावण १ गते देखि २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय नम्बर अनिवार्य गरेको छ। भाद्र मसान्तसम्म परिचय नम्बर प्राप्त गरी लाभग्राहीको परिचयपत्र नविकरण गरेमा श्रावण १ गते देखि कै सामाजिक सुरक्षा भत्ता उपलब्ध हुने कानूनी व्यवस्था रहेको छ।

बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने व्यक्ति, अशक्त, असहाय र ९० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय नम्बर आवश्यक नपर्ने भएकोले अहिले अन्यलाई प्राथकिकता दिई अनुकूल समयमा राष्ट्रिय परिचयपत्र  बनाउन पनि गृहमन्त्रालयले अनुरोध गरेको छ।

सरकारले पहिलो चरणमा राष्ट्रिय परिचयपत्र लागु भएका २८ जिल्लामा ४३८ जना विवरण दर्ता अपेरटर खटाएको छ। 

प्रकाशित: १० असार २०८१ १६:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App