१३ असार २०८१ बिहीबार
image/svg+xml
समाज

लमजुङमा जिप पल्टिदा चालक सामान्य घाइते

तस्बिर सौजन्य: सागर परियार

लमजुङको बेसीशहर नगरपालिका-२ न्याउली खोलामा एक जिप दुर्घटनामा परेको छ। दुर्घटनामा चालक सामान्य घाइते भएका छन्।

मनकामना डाँडा स्थित भित्री सडक खण्डमा भकुन्डेबाट मनकामना डाँडातर्फ जाँदै गरेको ग ३ च २५८१ नम्बरको दूध बोक्ने बलेरो जिप सडक भासिएर खोल्सामा पल्टिएको थियो।

घाइते चालक, तनहुँको बन्दीपुर निवासी २३ वर्षीय संजय बिकको लमजुङ अस्पतालमा उपचार भइरहेको छ। जिपमा सवार अन्य एक सहचालकको अवस्था पनि सामान्य रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईंले जानकारी दिएका छन्।

उक्त जिप तनहुँबाट दूध पुर्‍याउन लमजुङ आएको थियो। गए रातीदेखिको निरन्तर वर्षाले डुम्रे–बेसीशहर सडकखण्ड अन्तर्गत केही सडकमा अवरोध पुर्‍याएको र दुर्घटनाको जोखिम बढाएको अधिकारीहरूले जनाएका छन्।

पहिरोले अवरुद्ध डुम्रे–बेसीशहर सडक सुचारु

निरन्तर वर्षाले अवरुद्ध भएको डुम्रे–बेसीशहर सडकखण्ड पुनः सुचारु भएको छ।

बेसीशहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो खसेपछि आज बिहान करिब दुई घण्टाका लागि सडक अवरुद्ध भएको थियो। डुम्रे–बेसीशहर सडकखण्डका इन्जिनियर पुरुषोत्तम अधिकारीका अनुसार डोजरको सहायताले लेदो हटाएपछि हाल सडकखण्ड पूर्णरूपमा सञ्चालनमा आएको छ।

प्रकाशित: ४ असार २०८१ १६:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App