२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा घाइते हवल्दारको पनि मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका प्रहरी सहायक हवल्दारको पनि मृत्यु भएको छ।

आइतवार नियमित गस्तीमा खटिएका बेला उनी सवार प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटनामा कमला नगरपालिका–९ घर भएका प्रहरी सहायक निरीक्षक (असई) रवीन्द्रकुमार ठाकुरको आइतवारै उपचारको क्रममा मृत्यु भएको थियो भने मोटरसाइकलको पछाडि सवार भिमाद नगरपालिका–७ तनहुँ घर भएका प्रहरी सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको अवस्था गम्भीर थियो। उनको पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २८ जेष्ठ २०८१ ०७:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App