१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

बागमतीमा सवारी दुर्घटना भयावह बन्दै, दश महिनामा दुई सय ६१ जनाको मृत्यु

बागमती प्रदेशमा सवारी दुर्घटनाको अवस्था भयावह बन्दै गएको छ। चालु आर्थिक वर्षको १० महिनाकोअवधिमा एक हजार एक सय ७६ सवारी दुर्घटना भएका छन्। जसमा दुई सय ६१ जनाको मृत्यु भएको छ। यसैगरी दुई हजार पाँच सय ८६ जना घाइते भएका बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले सवारी चालकमाथि कारबाही गरेको थियो।

जसमा कार्यालयले गत आवमा दुई लाख ९१ हजार दुई सय ९३ सवारीमाथि कारबाही गरी २६ करोड ३६ लाख ८३ हजार पाँच सय राजस्व सङ्कलन गरेको थियो।

उक्त आवमा एक हजार तीन सय ६२ सवारी दुर्घटनामा तीन सय चार जनाको मृत्यु भएको थियो। आव २०७८÷७९ मा दुई लाख ५० हजार नौ सवारी साधनमाथि कारबाही गरी दुई करोड ४१ लाख ७० हजार राजस्व सङ्कलन गरेको थियो।

यसैबिच कारबाहीबाट १४ करोड ३३ लाख ६४ हजार राजस्व सङ्कलन भएको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको जानकारी दिएको छ।

पूर्वपचिम राजमार्गमा जडान गरिएको सिसीटिभी र ‘रडार गन’बाट सवारी साधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले चालु आवको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारी साधनमाथि  नियम उल्लङ्घन गरी कारबाही गरेको हो।–रासस

प्रकाशित: ४ जेष्ठ २०८१ ०९:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App