२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एककाे मृत्यु

साँगाचोकगढी नगरपालिका-८ स्थित अरनिको राजमार्गको जल्किने मोडमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

चौतारातर्फ आउँदै गरेको बागमती प्रदेश ०२००६ प ९५३९ नं को मोटरसाइकलको पछाडि सवार २३ वर्षीय इन्दिरा अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको श्रीमान् मोटरसाइकल चालक सन्तोष दुलाल घाइते भएका छन्। विपरीत दिशाबाट आउँदै गरेको बा. प्र. ०१-००६ ख. २७१६ नंको टिपरसँग भेट हुँदा मोटरसाइकल अनियन्त्रित भएको थियो।

अधिकारीलाई उपचारका लागि चौतारा अस्पताल ल्याइएकामा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। 

प्रकाशित: ३० वैशाख २०८१ २०:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App