२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

दाउरा संकलनका क्रममा बाढीले बगाएर एकजनाको मृत्यु

कपिलवस्तुको बाणगंगा नगरपालिका- ७ कोइली खोलामा दाउरा संकलन गर्ने क्रममा बाढीले बगाउँदा एकजना स्थानीयको मृत्यु भएको छ।

सुकुम्बासी टोलका स्थानीय ४० वर्षीय लौटन थारुलाई आइतबार बिहान ७ बजेतिर पत्नी लक्ष्मी थारुसँगै दाउरा संकलन गर्ने क्रममा कोइली खोलामा आएको बाढीले बगाएको हो।

लौटनलाई बाढीले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजंग रायमाझीले बताए। लौटनको शव खोलाका फेला परेको रायमाझीले बताए।

प्रहरीका अनुसार लौटन मजदुरी गर्थे। खोलामा बाढी आउँदा बगेर आउने दाउरा संकलनका लागि भीड नै लाग्ने गर्छ।

प्रकाशित: ३० वैशाख २०८१ १३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App