१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

काठमाडौं उपत्यका लगायत पाँच प्रदेशमा दिउँसोपछि भारी वर्षा

काठमाडौँमा बिहानै भारी वर्षा भएको छ। अहिले रोकिएको छ,भने दिउँसोपछि फेरि वर्षा हुने बताइएको छ। विशेष गरी कोशी,मधेश,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका थोरै स्थानहरुमा अहिले पनि वर्षा भैइरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सरोज पुडासैनीले नागरिकलाई जानकारी दिए।

उनका अनुसार पछिल्लो एक घण्टामा लमजुङको कुन्चा र सिन्धुपालचोक ढुङ्गे भन्ने ठाउँमा सबैभन्दा बढी वर्षा भएको छ। अरु ठाउँमा भने मध्यम वर्षा भएको हो। वर्षा भएपछि वनजङ्गलमा लागेको डढेलो पनि नियन्त्रणमा आएको छ। डढेलोका कारण  वायु प्रदूषण बढेको थियो। वर्षापछि प्रदूषण कम भएको छ। देशभरका सामुदायिक वनमा डढेलो लागेको थियो।

यसैबिच देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव छ। दिउँसोपछि पाचँ प्रदेशहरु कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा आंशिकदेखि साधारणतया बदली केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने बताएको छ।

त्यसैगरी आज राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

प्रकाशित: ३० वैशाख २०८१ १०:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App