२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

रातो मछिन्द्रनाथ रथ तान्न सुरू (तस्बिरहरु)

वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ तान्न आजबाट सुरु भएको छ।पुलचोकमा निर्माण गरिएको रथ आज बाजागाजासहित गःबहाल पुर्‍याइनेछ। 

रथ निर्माण यही वैशाख १२ गतेबाट सुरु भएको थियो भने वैशाख २७ गते मच्छिन्द्रनाथलाई रथारोहण गराइएको थियो।

रातो मछिन्द्रनाथको रथलाई अहिले ललितपुर महानगरपालिकाबाट गःबहालतर्फ लगिएको छ।

रथलाई पाटनका सबै टोल घुमाएपछि असार शूक्ल चौथीमा जावलाखेल पुर्‍याएर अन्तिम दिन भोटो देखाई अन्त्य गर्ने चलन छ।

रथ यात्रा हेर्नका लागि ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनको निमन्त्रणामा युरोपेली युनियन, फ्रान्स, इजरायल, नर्वे, दक्षिण कोरिया, स्वीजरल्याण्ड, थाइल्याण्ड, संयुक्त अधिराज्यलगायत देशका राजदूत र विश्व बैंक, युनिसेफ, युएसएआइडी, एसियाली विकास बैंकलगायत निकायका प्रतिनिधिहरू सहभागी छन्।

तस्बिरहरु: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: २९ वैशाख २०८१ १९:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App