२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

९६ हप्तादेखि भक्तपुरमा ‘हाम्रो सूर्यविनायक राम्रो सूर्यविनायक’ अभियान

‘हाम्रो सूर्यविनायक राम्रो सूर्यविनायक’ नामक अभियानमार्फत भक्तपुरको सुर्यविनायक क्षेत्रमा ९६ हप्तादेखि सामूहिक सरसफाइ अभियान चलिरहेको छ।

हरेक शनिबार सुर्यविनायक नगरक्षेत्रका विभिन्न ठाउँमा पुगेर सरसफाइ अभियान चलाउने गरेको अभियन्ता युवाहरूले जनाएका छन्।

आजको शनिबार सुर्यविनायक नगरपालिका–७ गुण्डु चोकबाट गणेशमान बाटिकासम्म सरसफाइ गरिएको अभियन्ता विशु थापाले जानकारी दिए। सो क्रममा सोही स्थानमा रहेका तीनधारे र राम भक्तेश्वर महादेव मन्दिर परिसर पनि सरसफाइ गरिएको उनले बताए।

परिष्कृत नेपाल नामक संस्थामा गोलबद्ध भएका युवाहरूले सामूहिक रूपमा यो अभियान चलाइरहेका छन्। जसमा स्थानीयले पनि हातेमालो गर्ने गरेको अभियन्ता थापाले बताए।

यही अभियान अन्तर्गत ‘शरीरका लागि कपडा’, ‘ज्ञानज्योती अभियान’ जस्ता अभियान पनि बेलाबखत चलाउने गरेको थापाको भनाई छ। शरीरका लागि कपडा अभियानमा जाजरकोटमा २७ बोरा कपडा, मोरङको जन आधारभूत विद्यालयका विद्यार्थीलाई लत्ताकपडा प्रदान गरिएको उनले बताए।

यस्तै, ज्ञानज्योती अभियानमा अन्तर्गत भक्तपुर सूर्यविनायक क्षेत्रका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीलाई गणित, ऐच्छिक गणित र विज्ञानजस्ता विषयमा अतिरिक्त कक्षा अध्यापन गर्ने कार्य भएको थापाले बताए।

प्रकाशित: २९ वैशाख २०८१ १५:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App