९ असार २०८१ आइतबार
image/svg+xml
समाज

रामेछापमा आगलागी हुँदा एकजना महिलाको मृत्यु

रामेछापमा आगोमा जलेर एकजना महिलाको मृत्यु भएको छ। रामेछाप नगरपालिका–८ चौकीटारमा आगलागी हुँदा घरभित्र रहेकी एक महिलाको जलेर मृत्यु भएको हो।  

बिहीबार दिउँसो घर नजिकै जंगलमा लागेको आगो एक्कासी घरमा सल्किँदा घरभित्र रहेकी चौकीटारकी ३२ बर्षिय रमिता तामाङको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। घरमा अन्य परिवार समेत रहेको र उनीहरु आगो लाग्दा बाहिर निस्कन सफल भएको बताइएको छ। मानसिक अवस्था कमजोर रहेकी रमिताले आगालागीबारे थाहा नपाएको बताइएको छ।

घरमा आगो लाग्दा उनी बाहिर नआएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रामेछाप प्रमुख डिएसपी प्रदिप सिंहले जानकारी दिए। उनका अनुसार जंलगमा लागेको आगो हावाको बेगसँगै घरमा सल्कँदा खरको छाना भएको दुईवटा घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। 

यस्तै, घरमा रहेका ४८ वटा बाख्रा पनि आगलागीमा परी जलेर मरेका छन्। जंगलमा अहिले पनि आगलागी भइरहेको छ। 

मृतक रमिताको शव पूर्णरुपमा जलेको र उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको डिएसपी प्रदिप सिंहले बताए। यसबारे थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २१ वैशाख २०८१ ०९:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App