१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

‘स्वार्थ बाझ्ने’ गरी मन्त्री नबनाउन सफलकाे रिट, सर्वोच्चको कारण देखाऊ आदेश

क्याप्शन

सर्वोच्च अदालतमा स्वार्थ बाझिएका व्यक्ती मन्त्र बन्न बनाउन नहुने भन्दै युवराज पौडेल (सफल) दिएको रिटमा विपक्षीका नाममा कारण देखाऊ आदेश जारी भएकाे छ।

मंगलबार बसेको न्यायाधीश मनोज कुमार शर्माको एकल इजलासले नेपाल सरकारका प्रधानमन्त्री एवं मन्त्रीपरिषद्काे कार्यालय सहितका विपक्षीलाई यस्तो आदेश दिएको हो।

आदेशले निवेदकको माग बमोजिम आदेश किन जारी नहुनुपर्ने हो ? भन्दै कुनै आधार कारण भए बाटाको म्याद बाहेक १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

यस्तै रिट निवेदनमा उठाइएका विषय गम्भीर सार्वजनिक महत्वका र सुशासनसँग सम्बन्धित विषयवस्तु भन्दै रिटलाई अग्राधिकार दिएको छ। 

प्रकाशित: २० चैत्र २०८० १८:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App