१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

भक्तपुरबाट २० जुवाडे पक्राउ

भक्तपुरबाट एकसाथ २० जुवाडे पक्राउ परेका छन्। चाँगुनारायण नगरपालिका वडा नं-५ त्रिशुलडाँडाको एक होटेलबाट उनीहरुलाई पक्राउ गरिएको हो।

स्थानीय जीवन बनको तीन तल्ले घर भाडामा लिई रेलकुमार तामाङले संचालन गरेको रुद्राक्ष होटलको पहिलो तल्लामा जुवातास खेलिरहेका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजन कार्कीले जानकारी दिए।

प्रहरीलाई उक्त होटलमा जुवा खेलिरहेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा छापामारी गर्दा जुवा खेलिरहेको अवस्थामा उनीहरूसहित नगद ६ लाख ७ हजार पाँच सय रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ। साथै प्रहरीले ६ थान तास सहित होटल सञ्चालकलाई समेत नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा होटल संचालक जिल्लाकै चाँगुनारायण-४ बस्ने ४१ वर्षीय रेलकुमार तामाङ, काभ्रेपलान्चोक बनेपा-१० बस्ने ४४ वर्षीय दिपेन्द्र थापा, काभ्रेपलान्चोक मण्डनदेउपुर-५ बस्ने ३१ वर्षीय बिध्यासागर ढकाल, सोही स्थान बस्ने ४० वर्षीय सागर नाकलानी, मकवानपुर कैलाश-६ बस्ने ३१ वर्षीय राजु मोक्तान, काभ्रेपलान्चोक मण्डनदेउपुर-५ बस्ने ४० वर्षीय राजु लामा, काभ्रेपलान्चोक पनौती-३ बस्ने ४९ वर्षीय कैलाश तिमिल्सिना, भक्तपुरकै चाँगुनारायण -५ बस्ने ६६ वर्षीय मन बहादुर थापा रहेका छन्।

यस्तै भक्तपुर-२ बस्ने ३० वर्षीय सुमन कासुला, काठमाडौँ शंकरापुर-९ बस्ने ५८ वर्षीय मणिराम थापा, काभ्रेपलान्चोक धुलिखेल-६ बस्ने ४२ वर्षीय अर्जुन तामाङ, काभ्रेपलान्चोक बनेपा-५ बस्ने  ३२ वर्षीय रबिन थापा, भक्तपुर चाँगुनारायण-४ बस्ने ४४ वर्षीय रामेश्वर गौतम, काभ्रेपलान्चोक धुलिखेल-६ बस्ने ३४ वर्षीय रामकुमार नेपाल, काभ्रेपलान्चोक बनेपा-८ बस्ने ४४ वर्षीय अनिलकुमार मुख्याजु, रामेछाप लिखु तामाकोसी-६ बस्ने २८ वर्षीय राम बहादुर तामाङ, भक्तपुर चाँगुनारायण-४ बस्ने ४२ वर्षीय छैकु तामाङ, काभ्रेपलान्चोक नबोबुद्ध-८ बस्ने ३५ वर्षीय प्रेम श्रेष्ठ, काभ्रेपलान्चोक धुलिखेल-६ बस्ने ४० वर्षीय रामकुमार अधिकारी र काभ्रेपलान्चोक बनेपा-९ बस्ने ३४ वर्षीय महेश शाक्य छन्।

उनीहरु सबैलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखी जुवा सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको परिसरका सूचना अधिकारी कार्कीले बताए।

प्रकाशित: २० चैत्र २०८० १६:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App