१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

प्रतिकूल मौसमले एयर चाइनाको जहाज डाइभर्ट, कतिपय होल्डमा

फाइल तस्बिर

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो।

विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुँदा केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको जानकारी दिएका छन्।

उनका अनुसार एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाउने (होल्ड) भएका छन्। अहिले पनि सिचुवना एयरलाइन्सको जहाज होल्डमा छ। प्रतिकूल मौसमले विमानस्थलको भिजिबिलिटी कमजोर रहेको छ। एक घण्टा अगाडि एक हजार छ सय मिटरमात्रै भिजिबिलिटी रहेकामा अहिले दुई हजार पाँच सय छ।

‘होल्डमा रहेका अन्तर्राष्ट्रिय उडानका जहाज अवतरण हुन थालेका छन्’, प्रवक्ता झाले भने। आन्तरिकतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भएको छैन। तराई क्षेत्रका विमानस्थलमा भने नियमित उडान भइरहेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्। आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सेवा दिइरहेका छन्।

प्रकाशित: १५ चैत्र २०८० ११:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App