२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

प्रतिकूल मौसमले एयर चाइनाको जहाज डाइभर्ट, कतिपय होल्डमा

विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुँदा केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको जानकारी दिएका छन्।

पोखराको हवाई उडानमा तीन घण्टा बढी ढिला

पछिल्लो केहीदिनदेखि पोखराको हवाई उडानमा मौसमी अवरोध सिर्जना हुन थालेको छ। जसले गर्दा बिहानका अधिकांश उडान अवरुद्ध हुने गरेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा बिहानको समयमा बाक्लो हुस्सु लाग्ने गर्दा उडानमा अवरोध आउने गरेको हवाई कम्पनिका पदाधिकारी बताउँछन्।

तुवाँलोले पोखराको हवाई उडान प्रभावित, खुल्नै सकेन अन्तर्राष्ट्रिय विमानस्थल

भिजिविलिटी अपुग हुँदा त्यसको मार पोखराबाट हुने हवाई उडानमा परेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको विमानस्थलले बताएको छ। शनिबार दिउँसो तीनबजेसम्म पोखरा विमानस्थल खुल्न सकेको छैन।

वायु प्रदुषणः भिजिविलिटी नपुग्दा पोखराको हवाई उडान प्रभावित, रोकिएका जहाज गए, तर आउन सकेनन्

वायु प्रदुषणले अहिले मुख्य सहर प्रभावित भएका छन्। राजधानी काठमाडौं सहित पोखरा र अन्य क्षेत्रमा पनि वायु प्रदुषण उच्च छ। वायु प्रदुषणले गर्दा भिजिविलिटी नपुग्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएका छन। विमानस्थलमा शुक्रबार दिउँसो साढे तीनबजेसम्म कुनैपनि जहाज अवतरण गर्न सकेका छैनन।

झरिका कारण पोखराबाट हुने एकसय उडान प्रभावित

लगातारको झरिले चारदिनदेखि पोखराको हवाई सेवा प्रभावित बनेको छ। दसैं मान्न र मनाएर फर्किने यात्रु र पोखरा घुमघामका लागि आउन चाहेका पाहुना हवाई सेवा अवरोध भएसँगै अप्ठ्यारोमा परेका छन्। पोखराटबाट विभिन्न गन्तव्यसम्म हुने हवाई उडान झरिका कारण चारदिनदेखि प्रभावित बनेको हो। झरिले गर्दा यो अवधिमा ठुला जहाजको कम्तिमा एकसय (एकतर्फी) उडान हुन सकेनन्।

हवाई उडानमा तुँवालो बाधक

एकसातादेखि पोखराबाट हुने हवाई उडान दिनहुँजसो प्रभावित भएको छ। तुँवालोका कारण भिजिविलिटी नपुग्दा विभिन्न गन्तव्यमा हुने उडान प्रभावित भएका हुन्। उडान प्रभावित हुँदा यात्रुलाई सास्ती हुने गरेको छ। पछिल्लो एकसातादेखि दिनहुँ आधाजसो उडान रद्द भईरहेका छन।

बाक्लो हुस्सुले हवाई उडान प्रभावित

बिहानैदेखिको बाक्लो हुस्सुले पोखरा विमानस्थल अझै खुलेको छैन। भिजिविलिटी नपुग्दा यहाँबाट हुने हवाई उडान प्रभावित भएका छन्। विमानस्थल नखुल्दा विहीबारका कुनैपनि उडान भएका छैनन्। यहाँस्थित विमानस्थलबाट विहान सातबजे नै उडान संचालन हुन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्