कालिकोट जिल्लाको तिलागुफा नगरपालिका– ६ स्थित तिला नदीमा एक किशोर बेपत्ता भएका छन्।
विद्यालयबाट फर्किएर तिला नदीमा माछालाई झरिउँला हाल्न गएका अन्दाजी १५ वर्षीय गणेश शाही नदीमा बेपत्ता भएका हुन्।
उनीसँगै नदीमा माछालाई झरिउँला हाल्न गएका साथका अनुसार ढुङ्गामा चिप्लिएर गणेश बेपत्ता भएका हुन्। चिप्लिएको ठाउँदेखि तलसम्म बचाउन गुहार गरिरहेका थिए। तर नदी निकै खोच परेकाले बेपता भएका हुन्।
बेपत्ता किशोर कालिका माध्यमिक विद्यालय खल्लामा कक्षा ९ मा अध्ययनरत थिए। प्रहरीका अनुसार किशोरको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ९ चैत्र २०८० १८:४८ शुक्रबार





