२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

प्रसाईँका सुरक्षागार्डं विरुद्ध मुद्दा दर्ता, पाँच दिन हिरासतमा राख्न अनुमति

मेडिकल व्यवसायी दुर्गा प्रसाईँका दुई निजी सुरक्षागार्डं विरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ।

झापाका बुद्धशान्ति–३ का दीपक खड्का र रामकुमार धिमालविरुद्ध मुद्दा दर्ता भएको हो। उनी विरुद्ध अदालतमै उपस्थित गराएर मुद्दा दर्ता भएको बताएको छ।

प्रसाईँसहित दुई निजी सुरक्षागार्डं सोमबार हतियार बोकेर सर्वोच्च अदालत छिर्ने क्रममा पक्राउ परेका थिए। सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियार एसएल आर २२ बोरसहित उनीहरू पक्राउ परेका थिए।

प्रसाईँको अदालतमा मुद्दाको सुनुवाइ हुने कुरा थियो। प्रसाईँ हतियारसहित सुरक्षा गार्ड लिएर अदालतको गेटमा आएका थिए।  

सोमबार,हतियार बोकेर अदालतभित्र जान पाईदैन् भन्दै अदालतको गेटमै प्रसाईँ र उनका सुरक्षा गार्डलाई प्रहरीले रोकेको उनको भनाई छ।

हतियार लाइसेन्समा दीपक खड्काको नाम भएको भएपनि हतियार रामकुमार धिमालले बोकेको भेटिएपछि दुवै जनालाई पक्राउ गरी हातहतियार तथा खरखजाना ऐन, २०१९ अनुसार उनीहरू विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाइएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी भूपेन्द्र बहादुर खत्रीले बताए।

प्रहरी प्रमुख एसएसपी खत्रीका अनुसार,सोमबार अदालतमा प्रहरीले सोधपुछ गर्दा हतियार दिपक खड्काको साथमा नभएको र रामकुमार धिमालको साथबाट हतियारसहित १०० राउन्ड गोली, म्यागजिन र दुई वटा मोबाइल बरामद गरेको हो।

प्रसाईँले पाँच वर्षयता जुनसुकै ठाउँमा हतियार बोकेर हिँड्ने गरेको पाइएको र यससम्बन्धमा जिल्ला अदालत मुद्दा दर्ता गराएर ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रमुख एसएसपी खत्रीले जानकारी  दिए। 

प्राप्त लाइसेन्सको प्रतिलिपिमा दुर्गा प्रसाईँको नाम छ। वाहकका रूपमा बुद्धशान्ति–३, झापाका दीपक खड्का उल्लेख छ।

सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । 

प्रकाशित: ७ चैत्र २०८० ११:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App