१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

जंगली जनावरबाट अन्नबाली जोगाउन वडाले स्थानीयलाई ‘भोटे कुकुर’ दिने

फाइल तस्बिर।

अर्घाखाँचीकाे पाणिनि गाउँपालिका वडा नम्बर-२ ले जंगली जनावर नियन्त्रण गर्न भोटे कुकुर वितरण गर्ने भएको छ।

वडा नम्बर-२ को आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत बाँदर, बँदेल, दुम्सी लगायतका जङ्गली जनावरबाट किसानको खेती जोगाउन शुद्ध नस्लका भोटे कुकुर खरिद गरी वितरण गर्ने निर्णय भएकाे वडा कार्यालयले जनाएको छ।

जंगली जनावरको बिट्ठयाँइले कृषकका अन्नबाली जोगाउन मुस्किल भएपछि वडा कार्यालयले यो निर्णय गरेको वडाध्यक्ष चन्द्रकान्त पोख्रेलले बताए।

‘अहिले कृषकका अन्नबाली जोगाउन मुस्किल भएको छ’ उनले भने, ‘बाँदर बँदेल दुम्सी लगायतका जंगली जनावरको आतङ्कलाई कम गर्न केही हद सम्म भए पनि सहयोग होस भन्ने उद्देश्यले कुकुर वितरण गर्ने योजना ल्याएका हौं।’

वडाले एक सूचना जारी गर्दै २५ प्रतिशत लागत साझेदारीमा भोटे कुकुर किसानलाई उपलब्ध गराउने जानकारी गराएको छ। कुकुर पाल्न इच्छुक किसानहरूले १५ दिन भित्र वडा कार्यालयमा निवेदन पेश गर्नको वडाले अनुरोध गरेको छ।

प्रकाशित: १६ फाल्गुन २०८० २०:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App