१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

लागुऔषध सहित यात्रु पक्राउ

प्रतिबन्धित लागु औषध सहित प्रहरीले तनहुँबाट एक यात्रुलाई नियन्त्रणमा लिएको छ।

रुपन्देही समरीमाई गाउँपालिका घर भएका ३६ वर्षिय सलिम धुनियालाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीले मंगलबार नियन्त्रणमा लिएको हो।

जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं- ४ स्थित पृथ्वी राजमार्ग अन्तर्गत चेकजाँच गर्ने क्रममा धुनियाको साथबाट प्रहरीले लागुऔषध फेला पारेको थियो।

मुग्लिङबाट आँबुखैरेनी तर्फ आउँदै गरेको यात्रु बाहक बसमा सवार धुनियाको साथबाट लागु औषध फेनेर्गन ‘२ एमएल’ को एम्पुलन २९८ थान, बुप्रेनोर्फिन २ एमएल’ को एम्पुलन २९८ थान, र डायजेपाम ‘२ एमएल’ को एम्पुल २९८ स्थान गरी जम्मा ८९४ एम्पुल बरामद भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ।

पक्राउ परेका धुनियालाई जिल्ला अदालत तनहुँबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ।

प्रकाशित: १५ फाल्गुन २०८० २०:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App