१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पिपरी हत्याकान्ड : युवक हत्याको आरोपमा दुईजना पक्राउ

कपिलवस्तु नगरपालिका ४ पिपरी गाउँमा युवकको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।

हत्या आरोपमा स्थानीय पुष्पादेवी (गुडिया) उपाध्याय र श्यामकुमार उपाध्यायलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताए। उनीहरुलाई गत सोमबार पक्राउ गरी अदालतबाट म्याद थपेर अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए।

प्रहरीले हत्यामा प्रयोग भएका बञ्चरो, कोदालोसहित घरेलु हतियारलगायतका सामानसमेत बरामद गरको छ। घटना अनुसन्धान तीव्र बनाइएको र फरार अभियुक्तको खोजी कार्य जारी रहेको ओलीले बताए।

प्रहरीका अनुसार मृतकको टाउको अझै फेला परेको छैन । पक्राउ परेकी विवाहित महिला र मृतकबीच सम्बन्ध रहेको र सोही सम्बन्धकै कारण घटना भएको प्रहरी भनाइ छ।

प्रहरीका अनुसार महिलाको विवाह भलवारी भएको र पिपरी माइती रहेकाे छ। महिलाका श्रीमान् विदेशमा छन्। मृतक कुर्मीका श्रीमती र एक सन्तान छन्। घटना योजनाबद्ध रूपमा गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ फाल्गुन २०८० ११:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App