१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

बालुवाटारमा लघुवित्त पीडितहरुको प्रदर्शन

लघुवित्त पीडितहरुले बालुवाटारमा प्रदर्शन गरेका छन्। विभिन्न जिल्लाबाट सात दिनसम्म हिँडेर काठमाडौं आएका लघुवित्त पीडितहरुले बालुवाटार पुगेर प्रदर्शन गरेका हुन्।

उनीहरुले लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति नेपालको ब्यानरमा प्रदर्शन गरेका हुन्।

लघुवित्त पीडितहरुले लघुवित्तीय संस्थाहरुले बढी ज्यादती गरेको भन्दै लघुवित्तबाट न्याय पाउनको लागि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको बताउँदै आएका छन्।

बुधबार देशभरका लघुवित्त तथा वित्तीय पीडितले काठमाडौंको गौशालाबाट करिब ३ हजार पीडितहरू जम्मा भएर बालुवाटार पुगेर प्रदर्शन गरेको बताएका छन्।

पीडितहरु गौशालाबाट कालोपुल हुँदै बालुटारसम्म पुगेका थिए। 

सरकारले समिति बनाएर केही काम नगरेको भन्दै उनीहरुले पुनः सरकारलाई झकझकाउन काठमाडौं आउनुपरेको बताए।

पीडितहरुले हाम्रो माग पूरा गर, राष्ट्र बैंकका गभर्नर राजीनामा दे, लघुवित्त ऋण मिनाहा गर, दिदी बहिनी ठग्न पाइँदैन, धितो लिलाम फुकुवा गर, वित्तीय संस्था खारेज गर, वित्तीय आतंक बन्द गर जस्ता नारा लगाएका थिए।

प्रकाशित: ९ फाल्गुन २०८० १५:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App