२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भू–माफियालाई कारबाहीको माग गर्दै सिडिओ कार्यालयघेराउ

कोल्हवी नगरपालिका-९ रमपुर्वाका स्थानीयहरूले आइतबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेर प्रदर्शन गरेका छन्।

सार्वजनिक जग्गा सर्वसाधारणहरूलाई बेच्ने भू–माफियाहरूलाई कारबाहीको माग गर्दै उनीहरूले जिल्ला प्रशासन कार्यालय घेराउ गरेर प्रदर्शन गरेका हुन्।

कोल्हवी नगरपालिका–९ साबिक रमपुर्वा २ का कित्ता नम्बर १६ को २ बिघा १२ कठ्ठा क्षेत्रफलको सार्वजनिक जग्गा प्रदीप खरेल र युवराज मैनाली नामका व्यक्तिले बिक्री गरिरहेको आरोप प्रदर्शनको नेतृत्व गरेका प्रकाश चौधरीले लगाएका छन्।

खरेल र मैनाली सार्वजनिक जग्गा बेचेर निजी सम्पत्ति बनाउँदा कारबाहीको लागी ८ महिना पहिला जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउँदा समेत कुनै कारबाही नभएपछि बाध्य बनेर पीडितहरूले जिल्ला प्रशासन कार्यालय घेराउ गरेको चौधरीले नागरिकन्यूजलाई जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी बिच सामान्य झडप पनि भएको छ।  रमपुर्वा– १ का कित्ता नम्बर २०६ का ७ बिघा १५ कठ्ठा , २ का कित्ता नम्बर ४१ का ३१ बिघा १६ कठ्ठालगायतका सार्वजनिक जग्गाहरू समेत भू–माफियाहरूले निजी बनाएको कार्यमा संलग्न रहेकालाई कारबाहीको माग समेत चौधरीले गरेका छन्।

प्रकाशित: ६ फाल्गुन २०८० १६:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App