१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

करोडौं ठग्ने वाइबाविरुद्ध विभागको कारवाहीमा सुस्त

वैदेशिक रोजगारीको क्रममा ठगीमा परेका युवा न्याय माग्न वैदेशिक रोजगार विभागमा धाइरहेका युवालाई न्यायको आशा भने कम छ। वैदेशिक रोजगारीको आश्वासन दिएर ठगी गर्ने विकास वाइबा र सुजन तामाङविरुद्ध विभागको विभिन्न शाखामा करिब आठ सय पीडितको उजुरी परेको छ। सामाजिक सञ्जाल प्रयोग गर्दै ठगी धन्दा गर्ने विकास र सुजन एउटै व्यक्ति हुन्।

वाइवाविरुद्ध विभागमा पीडितको उजुरी परेको करिब दुई महिना भएको छ। उनलाई विभागले पक्राउ गरेको मंगलबार १७ दिन भएको छ। पीडितको पक्षमा रहेर बोल्नु पर्ने विभागका कर्मचारीको राय एउटै नहुँदा पीडित युवा थप आक्रोशित भएका छन्।

वाइबालाई पक्राउ गरेर ल्याएको दिन विभागका महानिर्देशक डण्डुराज घिमिरेले पीडितलाई नआत्तिन र अनुसन्धानको केही दिनमै ठगिएको रकम फिर्ता गर्ने आश्वासन दिएका थिए। ‘तपाईंहरू नआत्तिनुस्, वाइबालाई हामीले समातिसकेका छौं,’ उनलाई उद्धृत गर्दै एक पीडितले भने, ‘अनुसन्धान भएको १०÷१५ दिनपछि वाइवाले ठगी गरेका पीडितलाई प्रत्येक दिनको ४० जनाको दरले पैसा फिर्ता गराउने छौं। यसको जिम्मा हामी लिन्छौं।’

महानिर्देशक घिमिरेले भनेअनुसारको काम नहुँदा विभागमा सयौं पीडितहरू बुधबार पनि पुगेका थिए। अर्का पीडितले पनि महानिर्देशक घिमिरेलाई उद्धृत गर्दै भने, ‘के हेरेर पैसा दिएको वाइवालाई ? ठग भन्ने थाहा हुदाँ हुँदै किन दिएको पैसा? वाइबा अब अदालत जान्छ। अदालतबाट सुनुवाइ हुन्छ र धरौटीमा छुटिहाल्छ। अब तपाईंहरूको पैसा माया मार्नुस्। पैसा आउँने छाँटकाँट छैन।’

 ‘वाइवाको निधारमा ठग भनेर लेखिएको थिएन,’ एक पीडित महिलाले आक्रोशित हुँदै भनिन्, ‘हामीलाई कसरी थाहा हुन्छ त्यो ठग भनेर?’

विभागका कर्मचारी नै पीडकको पक्षमा रहेर बोल्न थालेका हुँदा आफूले न्यायको आशा मारेको उनीहरूले बताए। वाइबाले आफ्ना दुई नागरिकता प्रयोग गर्दै करिब ५ वर्ष अघिदेखिबाट वैदेशिक रोजगारीको नाममा ठगीधन्दा गर्दै आएका थिए। आफूलाई क्रोएसिया पठाउन भन्दै पाँच वर्षअघि सात लाख लिएर आजसम्म नपठाएको एक पीडित महिलाले बताइन्। उनी पनि वाइबाविरुद्ध विभाग अझै धाइरहेकी छिन्।

वाइबाले ६ महिनायता मात्र विदेश पठाउँछु भन्दै काठमाडौंको सामाखुसीस्थित युरोन्स कन्सल्टेन्सीबाटै ३७ करोड उठाएको पीडितहरूको दाबी छ। विदेश पठाउँने भन्दै नयाँ र पुराना पीडितबाट वाइबाले ५ वर्षको अन्तरालमा ६९ करोड असुल गरेको आरोप पीडितहरूको छ।

वैदेशिक रोजगार विभागबाट पीडितहरूले न्याय सुनिश्चित भएको महसुस गरेका छैनन्। उनीहरू आफ्नो काम छोडेरै दैनिक विभाग धाइरहेका छन्।

सामाजिक सञ्जालको व्यापक दुरूपयोग गर्दै वाइबाले ठगी धन्दा चलाएका थिए। दुई नाम प्रयोग गर्दै एक एजेन्टविरुद्ध उजुरी गर्न जानेको संख्या विभागमा अझै सकिएको छैन्। विभागमा अन्य पिडक भन्दा बढी वाइबाको चर्चा अत्यधिक भएको विभागका कर्मचारीहरू बताउँछन्।

अनुसन्धानको क्रममा विभागको कर्मचारीले केरकार गर्दा त्यत्रो करोडौं रूपैयाँ कहाँ हालेको भनेर प्रश्न गर्दा जवाफमा वाइबाले भने, ‘कोकोसँग पैसा उठाएँ थाहै भएन्। त्यो सबै पैसा मोजमस्तीमै सके। मसँग एक रूपैयाँ पनि छैन्। जे गर्न मन छ गरेहुन्छ।’

‘मविरुद्ध उजुरी हाल्ने सबै साथीभाइले उक्त उजुरी फिर्ता गर्नु। म यहाँ बाट निस्किएर ६ महिनाको अन्तरालमा सबैको पैसा चुक्ता गरिदिन्छु। मलाई यसरी थुनामा राखेर तपाईहरूको पैसा आउँदैन्,’ वाइबालाई पक्राउ गरेपछि पीडितसँग भनेका थिए। विभागमा वाइवाविरुद्ध उजुरी आउनेको संख्या बढिरहेको विभागका सूचना अधिकारी कविराज उप्रेतीले जानकारी गराए।

‘एक व्यक्तिले यति धेरै युवालाई ठगेको देखेर हामीनै छक्क परेका छौं। वाइबाको बैंक खातामा पैसा हालेको देखिन्छ। करोडौँ पैसा आएको छ। तर, त्यो पैसा वाइबाको बैंक खाताबाट अन्य व्यक्तिलाई गएको कारोबार भने छैन।

पीडितले पैसा हाल्नबित्तिकै वाइबा आफैंले त्यो रूपैयाँ निकालेको देखिन्छ। तर, अन्य ठाउँमा कारोबार भएको देखिएको छैन,’ उप्रेतीले भने।

वाइबाविरुद्ध अनुसन्धान भइरहेको विभागका महानिर्देशक घिमिरेले जानकारी दिए। ‘वाइवाले विभिन्न तरिकाबाट युवाहरूलाई ठगी गरेको देखिएको छ

प्रकाशित: २ फाल्गुन २०८० ०९:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App