१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बस दुर्घटनामा २ वर्षीया बालिकाको मृत्यु

बारामा बस दुर्घटनामा परेर बालिकाको मृत्यु भएको छ। दुर्घटनामा परी सुवर्ण गाउँपालिका–३ सतगञ्जमा आज कलैया उपमहानगपालिका–८ मदर्सा टोलकी दुई वर्षिया बालिकाको ज्यान गएको हो।

बुधवार कलैयाबाट सतगञ्जतर्फ जाँदै गरेको ना३ख ९९९० न.को यात्रुवाहक बसबाट आमासँगै झर्ने क्रममा बालिकालाई अर्को बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।

मृतक बालिका आमासित बस चढेर मामाघर जाँदै थिइन्। घटनापछि मृतकका आफन्तले बसमा तोडफोड गरेको प्रहरीले जनाएको छ। बालिकाको शव कलैया प्रादेशिक अस्पतालमा राखिएको छ। प्रहरीले बसका चालक मुरारी चौधरीलाई नियन्त्रणमा लिएको छ। रासस

प्रकाशित: २५ माघ २०८० ०७:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App