१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

इच्छाराज तामाङलाई ३ वर्ष कैद, पौने २ अर्ब जरिवाना ठहर

विशेष अदालतले संविधानसभाका पूर्व सदस्य एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङको सम्पत्ति शुद्धीकरण सम्बन्धी १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार रुपैयाँ बराबर जरिवाना र ३ वर्ष कैद आज ठहर गरेको छ।

अदालतले इच्छाराजकी पत्नी सिर्जनालाई १ अर्ब ३ करोड ५४ लाख ४३ हजार जरिवाना र १ वर्ष ६ महिना कैद ठहर गरेको छ। साथै अदालतले सिभिल सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठलाई २५ करोड ६५ लाख ८६ हजार रुपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैद ठहर गरेको छ।

विशेषका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनाराण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले गत आइतबार दोषी ठहर गर्दै सजाय निर्धारणका लागि माघ २१ लाई मिति तोकेको थियो। 
३ अर्ब बिगो मागदाबी भएको मुद्दामा उनकी पत्नीसहितलाई तीनजनालाई दोषी ठहर गरेको थियो।

प्रकाशित: २१ माघ २०८० १८:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App