२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आइएफआरसीको महासचिवमा पुनः चापागाईं

विश्वभर मानवीय सेवा गर्ने सञ्जाल भएको संगठन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईंले दोस्रो कार्यकालका लागि कार्यभार सम्हालेका छन्। उनी दक्षिण एसिया एवं नेपालबाट सो पदमा पुग्ने पहिलो नेपाली हुन्।
पहिलोपटक सन् २०२० फेब्रुअरी २ मा चापागाईंले उक्त पदको पहिलो चारबर्से कार्यकाल सम्हालेका थिए। स्विट्जरल्यान्डको जेनेभामा गत वैशाखमा सम्पन्न आइएफआरसीको गभर्निङ बोर्डको बैठकले पहिलो पदावधि समाप्त हुनु एक वर्षअगाडि नै उनलाई दोस्रो कार्यकालका लागि पुनः समयावधि थप गर्ने निर्णय गरेको थियो।
सो बोर्डमा विश्वका २९ देश सहभागी हुने जनाइएको छ। अब चापागाईं सन् २०२८ को जनवरीसम्म आइएफआरसीको महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा रहनेछन्।
सात लाखभन्दा बढी कर्मचारी र झन्डै दुई करोड स्वयंसेवकका माध्यमबाट करिब एक अर्ब जनसंख्यामा बर्सेनि आइएफआरसीले मानवीय सहायता पुर्‍ याउँदै आएको छ। –रासस

प्रकाशित: १९ माघ २०८० १०:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App