१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

सर्लाहीमा महिलाको शंकास्पद मृत्यु, सासू पक्राउ

सर्लाहीमा एक महिलाको शंकास्पद मृत्यु भएको छ। बलरा नगरपालिका-४ जब्दी टोल बस्ने स्थानीय पूजा देवी सहनीको मंगलबार राति शंकास्पद मृत्यु भएको हो।

उनको मृत्युपछि घरका अन्य सदस्य फरार छन्। घरका सबै पुरुष सदस्य फरार भएपछि महिलाको हत्या गरिएको आशंका प्रहरीले गरेको छ। पूजाको सासू बनारसी देवी सहनीलाई भने सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

‘हामीले महिलाको सासूसँग सोधपुछ गरिरहेका छौं, अस्पतालको पोस्टमार्टम रिपोर्ट आएपछि केही तथ्य खुल्ला।’ प्रहरी स्रोतले भन्यो। मृतक महिलाको शवलाई परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: १७ माघ २०८० १३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App