माइतीघरलाई निषेधाज्ञा खारेजी माग गर्दै प्रदर्शन गर्ने कांग्रेसनिकट नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउ परेका छन्।
आइतबार माइतीघरमा प्रदर्शन गर्न पुगेका २० जनाभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुले अभिव्यक्ति स्वतन्त्रता कायम गर भन्दै नारा समेत लगाएका छन्।
२ महिनादेखि स्थानीय प्रशासनले बानेश्वर(माइतीघर, बालुवाटार, शीतल निवास, मन्त्री क्वार्टर पुल्चोकलगायत काठमाडौंका विभिन्न क्षेत्रमा जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन र सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको छ।
![](https://images.nagariknewscdn.com/photos/1705821550_6.jpg)
![](https://images.nagariknewscdn.com/photos/1705821538_5.jpg)
![](https://images.nagariknewscdn.com/photos/1705821525_4.jpg)
![](https://images.nagariknewscdn.com/photos/1705821514_3.jpg)
![](https://images.nagariknewscdn.com/photos/1705821501_2.jpg)
![](https://images.nagariknewscdn.com/photos/1705821489_1.jpg)
प्रकाशित: ७ माघ २०८० ०७:१९ आइतबार