१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

दोहा उड्ने तयारीमा रहेको ‘वाइडबडी’ मा समस्या आएपछि ‘ग्राउण्डेड’

फाइल तस्बिर

नेपाल वायुसेवा निगमको दोहा उडन लागेको वाइडबडी जहाज प्राविधिक समस्याका कारण ग्राउण्डेड भएको छ।  

निगमको दर्ता नम्बर नाइनएन– एएलजेड ए ३३० सिरिजको वाइडबढी जहाज प्राविधिक समस्याका कारण ग्राउण्डेड भएको प्रवक्ता रमेश पाैडेलले जानकारी दिए।

‘राती ११ बजे उड्नुपर्ने जहाज केही प्राविधिक समस्याको कारण उड्न सकेन, जहाजको बत्तीमा सामान्य समस्या देखियो,’ नागरिकसँगको कुरामा उनले भने, ‘रोकिएका यात्रुहरू आज साझ ७ः ४५ बजे अर्को वाइडबडी जहाजबाट दोहा लैजाने तयारी भइरहेको छ।’

प्राविधिक समस्या आएको विमान मर्मत सम्भार भइरहेको बताउँदै प्रवक्ता पौडेलले भने, ‘निगमको प्राविधिक समूहले जहाजको मर्मत गरिरहेका छन्,’ ‘ उनले थपे, ‘ठूलो प्राविधिक समस्या हैन, केही समयपछि बन्छ। जहाज ग्राउण्डेड भएर डिले भएका उडानहरू सकेसम्म पूर्वनिर्धारित उडानमा समस्या नहुने गरी काम गरिरहेका छौ।

प्रवक्ता पौडेलका अनुसार आजैबाट उडानयोग्य हुने गरी जहाजको मर्मत भइरहेको छ। आजै जहाज मर्मत गर्न सकेको अवस्थामा अन्य उडान तालिकामा खासै समस्या नपर्ने उनले बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार राती ११ बजे उड्ने तालिका रहेको निगमको सो वाइडबडी जहाजमा  २ सय ७६ यात्रुहरू रहेका थिए। जहाजमा देखिएको प्राविधिक समस्याका कारण उडान रोकिएका यात्रुहरूलाई राति नै निगमले होटलमा बस्ने व्यवस्था गरेको थियो।

यस्तै निगमको अर्को न्यारोबडी जहाज पनि मर्मतको लागि हाल इजरायलमा रहेको छ। प्राविधिक समस्या आएपछि मर्मतको लागि पठाएको उक्त जहाज अझै इजरायलमै छ। एकैसाथ दुई जहाजमा प्राविधिक समस्या आएको कारण यात्रुहरू मर्कामा परेका छन्।

प्रकाशित: २ माघ २०८० ०८:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App