१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

नेपालको पासपोर्ट बङ्गलादेश, उत्तर कोरियाभन्दा कमजोर

राहदानीको सूचिमा नेपाल झनभन्दा झन कमजोर बन्दै गइरहेको छ। विश्वका सबै देशका राहदानीको सूचिमा नेपाल अन्तिमबाट ८ नम्बरमा पुगेको हो। यो भनेको बङ्गलादेश, उत्तर कोरिया भन्दा पनि कमजोर हो।

हेन्लीले सार्वजनिक गरेको सन् २०२४ का शक्तिशाली पासपोर्टको सूचीमा नेपाल अन्तिमबाट आठौँ स्थानमा पुगेको हो। नेपाल सूचीको ९८औं स्थानमा रहेको छ। सबैभन्दा शक्तिशाली पासपोर्ट फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेन पहिलो नम्बरमा छन्। यी ६ देशको पासपोर्ट पहिलो नम्बरमा छन्। पहिलो नम्बरमा रहेका ६ देशको पासपोर्ट हुनेहरूले प्रिभिसा बिनै १९४ देशमा प्रवेश गर्न पाउँछन्।

सातौं स्थानमा रहेको अमेरिकाको पासपोर्टले १८८ देशमा अग्रिम भिसाबिनै प्रवेश गर्न सकिन्छ। ८० औं स्थानमा रहेको भारतको पासपोर्टले ६२ देशमा प्रवेश गर्न सकिने व्यवस्था छ। चीनको पासपोर्ट ६२ औं स्थानमा छ। चीनको पासपोर्टले ८५ देशमा प्रवेश गर्न सकिन्छ।

नेपालको पासपोर्टले ४० देशमा टिकट काटेर बिना भिसा जान सकिने व्यवस्था छ। दक्षिण एसियामा नेपालभन्दा बलियो श्रीलङ्काको पासपोर्टले ४३ देश र बङ्गलादेश र उत्तर कोरियाको पासपोर्टले ४२ देशमा प्रवेश गर्न सकिन्छ।

सुरुमै भिसा नलिई टिकट मात्र काटेर जान सकिने आधारमा विभिन्न देशका पासपोर्टलाई हेन्ली पासपोर्ट इन्डेक्सले अन्तर्राष्ट्रिय हवाई यातायात संघको तथ्याङ्क अनुसार सूचिकृत गर्ने गरेको छ।

प्रकाशित: २६ पुस २०८० ०८:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App