जब मन्त्रीले आफ्नै मन्त्रालयलाई ‘घुस्याहाको मन्त्रालय’ भने...
मन्त्री प्रा डा इङ्नामले कुशासनको अन्त्य गर्दै पारदर्शी र जवाफदेही प्रशासनिक प्रणाली विकास गर्नु आजको अपरिहार्यता भएको बताए। ‘हामी सबै कुशासनविरोधी कुरा गर्छौं। अब सुशासनको सुरुआत हामीबाट नै हुनुपर्छ। भ्रष्टाचारविरुद्ध दृढतापूर्वक उभिन सक्नुपर्छ। विचौलिया र दलालीको सामूहिक रूपमा विरोध गर्न सक्नुपर्छ’, उनले भने।

