१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘तपस्वी’को घरमा सम्पत्तिको रास

धर्मगुरुको नाममा हत्या, बलात्कारजस्ता आरोप लागेपछि फरार रहेका ‘तपस्वी’ रामबहादुर बम्जनको हात्तिगौडास्थित घरबाट प्रहरीले १६ देशका विदेशी मुद्रासहित ३ करोडभन्दा बढी नगद बरामद गरेको छ।

परिवारका सदस्य भेटघाट गर्न आएका बेला मंगलबार प्रहरीले बम्जनलाई पक्राउ गरेपछि खानतलासीको क्रममा उनको घरबाट ३ करोड ३ लाख ७५ हजार रुपैयाँभन्दा बढी नगद बरामद भएको हो। ‘३ करोड ३ लाख ७५ हजार नगद, ल्यापटप, १५ थान मोबाइल र ३५ थान पेन ड्राइभसहित १६ देशका मुद्रा पनि फेला परेका छन्’, सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले भनिन्। उनका अनुसार आजै जिल्ला अदालतबाट अनुसन्धानको लागि समय लिने तयारी भैरहेको छ।

लिटिल बुद्ध उपनामले परिचित तपस्वी बमजन मंगलवार साँझ हात्तिगौडाबाट पक्राउ परेका थिए। चार वर्षयता सिआइबीको खोजी सूचीमा रहेका बम्जन आफू विभिन्न जंगलमा बस्दै आएको र भारतको केही स्थानमा पुगेको बयान दिएका छन्।  

बम्जनलाई हत्या, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको घटनामा प्रहरीले उनको खोजी सुरु गरेको थियो। प्रहरीको नजरमा उनी २०७६ सालदेखि नै फरार रहेका थिए।  

२०७६ माघ २३ गते जबरजस्ती करणी गरेको कसुरमा जिल्ला अदालत सर्लाहीबाट बम्जनविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। अनुसन्धान प्रक्रिया अनुसार पूर्जी जारी भएपछि पक्राउ गरी बयान लिने काम प्रहरीको भएपनि उनी फरार भएपछि बयान लिन सम्भव भएको थिएन। ‘अब बयान शुरु हुनेछ’, एसपी अधिकारीले भने।

आफ्नै अनुयायीलाई यौनशोषण गरेको आरोप लागेपछि २०७७ साल माघमा २४ मा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोली उनको आश्रममा पक्राउ गर्न पुगेको थियो। बारा जिल्लाको निजगढ नगरपालिका–१२ ठेगाना भएका तपस्वी बम्जनलाई सर्लाही जिल्ला अदालतको आदेशअनुसार पक्राउ गर्न त्यतिबेला सिन्धुलीस्थित आश्रममा पुग्दा फेला परेका थिएनन्।

आफ्नै अनुयायीलाई यौनशोषण  गरी हत्या गरेको आरोप लागेपछि २०७७ साल माघमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोली उनको आश्रममा पक्राउ गर्न पुगेको थियो। बारा जिल्लाको निजगढ नगरपालिका–१२ ठेगाना भएका तपस्वी बम्जनलाई सर्लाही जिल्ला अदालतको आदेशअनुसार पक्राउ गर्न त्यतिबेला सिन्धुलीस्थित आश्रममा पुग्दा फेला परेका थिएनन्।

विभिन्न जिल्लाका आश्रमबाट सञ्चलाल वाइबा, फूलमाया रुम्बा, कर्मा वाइबालगायत अनुयायी बेपत्ता पारेको तथा आश्रमभित्र आनी भनेर चिनिने एक युवतीमाथि यौन दुर्व्यवहार भएको आरोप बम्जनमाथि लागेपछि प्रहरीले चार वर्षदेखि खोजि गरिरहेको थियो। त्यतिबेला सिआइबीको टोलीले बम्जनको सिन्धुपाल्चोक आश्रमस्थलमा पुगेर अनुयायीको हत्या गरेर शव गाडेको आशंकामा खोजी गर्दा एक खाल्डोमा नुनको पोका फेला परेको थियो।

प्रकाशित: २५ पुस २०८० ०४:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App