७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

सामान्य बन्दै बरहथवाको जनजीवन

चारदिनदेखि तनावग्रस्त बनेको सर्लाहीको बरहथवा बजारको जनजीवन सामान्य बन्दै गएको छ। गत शुक्रवार प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको सोमवार अन्त्येष्ठि गरिएसँगै बरहथवा बजार सामान्य बन्न थालेको हो।

बजार, पसल खुल्न थालेका छन् भने मानिसहरूको आवतजावत पनि बढेको छ।

सोमवार मृतक साहको अन्त्येष्ठिमा सैयौंको सङ्ख्यामा मानिसहरू उपस्थित भएका थिए। आइतवार अबेर साँझ जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाको संयोजकत्वमा बसेको सर्वपक्षीय बैठकमा पीडित पक्षसँग ११ बुँदे सहमति भएसँगै बरहथवाको जनजीवन सामान्य बन्न थालेको हो।

मृतक साहको शव ३ दिनदेखि सडकमै अलपत्र अवस्थामा थियो।

बरहथवा बजारमा चहलपहल बढेको छ भने बजारमा जताततै लगाइएको अवरोध पनि हटाइएको छ।]

प्रकाशित: २४ पुस २०८० ०५:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App