२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

३ महिनादेखि बेपत्ता विपिनको अवस्था अझै अज्ञात

इजरायल–हमास युद्धमा विगत ३ महिनादेखि बेपत्ता भएका नेपालका विपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ। अक्टुबर ७ तारिखका दिन हमासले इजरायलमाथि आक्रमण गरेपछि बेपत्ता भएका जोशीको हालसम्म अवस्था अज्ञात नै रहेको छ।

उनको खोजी गरिदिन र रिहाईका लागि सरकारले पटकपटक आग्रह गरेपनि जोशीको अवस्थाबारे कुनै जानकारी हासिल भएको छैन।

जोशीको बारेमा पत्ता लगाइदिन र रिहाइका लागि उनका परिवारले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि इजरायलका रादूतलाई पनि भेटेर आग्रह गरेका थिए। तर, हालसम्म पनि जोशीको अवस्थाबारे कुनै उपलब्धी हासिल हुन सकेको छैन।

दुई पक्षबीच ७ दिन लामो युद्धविराम भएपनि जोशीलाई रिहा नगरिएपछि उनका परिवारको पीडा थप बढ्दै गएको छ।

प्रकाशित: २२ पुस २०८० ०६:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App