१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भूकम्प पीडितलाई खाँडाचक्रको सहयोग

कर्णालीका मुख्यमन्त्रीलाई भूकम्प पीडितको सहयोग रकम दिंदै नगर प्रमुखसहितको टोली। तस्बिर: गोविन्द केसी÷नागरिक

जाजरकोट र रुकुम (पश्चिम) का भूकम्प पीडितहरुका लागि कालिकोटको खाँडाचक्र नगरपालिकाले आर्थिक सहयोग गरेको छ।

जाजरकोटमा ३ लाख र रुकुम (पश्चिम) मा २ लाख गरी नगरपालिकाले कर्णालीका मुख्यमन्त्री मार्फत ५ लाख सहयोग गरेको हो।

खाँडाचक्र नगरपालिका प्रमूख कमलबहादुर शाही र उपप्रमूख गणेशबहादुर शाहीले प्रधानमन्त्री दैविकप्रकोप सहायता कोषमा जम्मा गर्ने गरि कर्णालीका मुख्य मन्त्री राज कुमार शर्मालाई चेक हस्तान्तरण गरेका हुन्।

भूकम्प प्रभावित जिल्लाका नागरिकका लागि एकद्धार प्रणाली मार्फत राहत तथा पुनःनिर्माणका लागि नगरपालिकाले एकमुष्ट कोषमा जम्मा गरेको नगरप्रमूख कमलबहादुर शाहीले बताए। नगरपालिकाबाट उद्धारको लागि तत्काललै टोली पुगेर सहयोग गरेको भएपनि पालिकाले आर्थिक सहयोग उनले बताए।

त्यस्तै मुख्यमन्त्री राजकुमार शर्माले खाँडाचक्र नगरपालिकाको तर्फबाट आएको सहयोग रकम भूकम्प प्रतिरोधि भौतिक संरचना निर्माणका लागि खर्च हुने बताए।  

प्रकाशित: २० पुस २०८० ११:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App