५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

उच्चका न्यायाधीश थपलियाको विषय गम्भीर देखियो: न्याय परिषद्

न्याय परिषद्ले उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश नवराज थपलियाको विषयमा छानबिन भइरहेको बताएको छ।

न्यायाधीश थपलियाको कार्यक्षमता, आचरण र कर्तव्यको इमानदारीपूर्वक पालन नगरेको भन्ने विषयमा न्याय परिषदमा उजुरी परेको थियो।

छानबिनको सिलसिलामा उनलाई उच्च अदालत जुम्लाबाट न्याय परिषदमा काजमा तानिएको छ। केही दिनअघि मात्रै स्पष्टीकरण सोधिएको उनलाई विषयवस्तु गम्भीर देखिएकाले काजमा तान्ने निर्णय भएको बताइएको छ।

न्याय परिषद् ऐन २०७३ को दफा २१ बमोजिम सफाइ पेश गर्न सूचना दिई कारबाही प्रक्रिया चलिरहेको न्याय परिषद् सचिवालयले जानकारी गराएको छ।

न्याय परिषदमा जिल्ला र उच्च अदालतमा कार्यरत २९० न्यायाधीशहरूविरुद्ध ४५२ वटा उजुरी छन्। तीमध्ये केही न्यायाधीशको विषय गम्भीर देखिएको भन्दै छानबिन गर्न जाँचबुझ समिति गठन भएको छ।

प्रकाशित: १५ पुस २०८० ०७:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App