१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कर्णालीका प्रहरी प्रमुख सुर्खेतमा

प्रदेशस्तरिय अपराध अनुसन्धान गोष्ठीका सहभागी। तस्बिर: गोविन्द केसी/नागरिक

प्रदेश प्रहरी कार्यालय सुर्खेत र अपराध अनुसन्धान विभाग प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी सुरु भएको छ। समीक्षा गोष्ठीमा १० जिल्लाका प्रहरी प्रमुख, अनुसन्धान प्रमुखलगायत सहभागी भएका हुन्।

अनुसन्धानको विद्यमान अवस्थाको समीक्षा गरी सुधारका क्षेत्रहरू पहिचान गर्नका लागि जिल्लाका प्रहरी प्रमुख र अनुन्धान अधिकृत, अधिवक्ता, न्यायाधीशसमेत सहभागी छन्। प्रदेश प्रहरीअन्तर्गत प्रहरी गण, तालिम केन्द्रलगायतबाट प्रहरी अधिकारी सहभागी छन्। सबै जिल्ला प्रहरी, अधिवक्ता, अपराध अनुसन्धान विभाग, प्रदेश कार्यालयबाट कार्यपत्र प्रस्तुत गरिएको थियो। 

त्यस्तै नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङलगायतको टोली सहभागी थियो। कार्यक्रममा अनुसन्धानमा प्रहरीको भूमिका राम्रो देखिएको र नयाँ अनुसन्धानका नवीनतम प्रविधि प्रहरीले छिटोछरितो रूपमा उपलब्धता हुनुपर्ने कार्यक्रमका मुख्य अतिथि कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर  जिसीले बताए। शुक्रबार दिनभर भएको अपराध अनुसन्धानसम्बन्धी गोष्ठीमा जिल्लामा भएगरेका अपराध अनुसन्धानसम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो।  

अनुसन्धानमा विभिन्न नवीन विचार अवलम्बन गर्न, अनुसन्धानमा रहेका कानुनी तथा अन्य समस्याको पहिचान गरी सुधारका उपाय अवलम्बन गर्न, साइबर कसुर अनुसन्धानसम्बन्धी नवीन कानुनी व्यवस्था र अभ्यासबारे जानकारी गराई कार्यान्वयनमा एकरूपता कायम गर्नका लागि गोष्ठी महŒवपूर्ण भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख डिआइजी भीमप्रसाद ढकालले बताए। अनुसन्धानको प्रभावकारिता अभिवृद्धिका लागि अनुसन्धानकर्ता र अभियोजनकर्ताबीच समन्वयका लागि साझा धारणा विकास गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको समेत प्रदेश प्रहरी प्रमुख ढकालले बताए। 

प्रकाशित: १४ पुस २०८० ०३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App