८ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

राष्ट्रपति पौडेलबाट शालिग्राम सङ्ग्रहालयको अवलोकन

राष्ट्रपति रामचन्द्र पौडलले बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयको अवलोकन गरेका छन। सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि  पुगेका उनले उक्त सङ्ग्रहालयको अवलोकन गरेका हुन।

सङ्ग्रहालय अवलोकन गर्न कुँडुले पुगेका राष्ट्रपति पौडेललाई मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य, ऋषि प्रपन्नाचार्य लगायतले स्वागत गरेका थिए। सङ्ग्रहालय अवलोकनपछि राष्ट्रपति पौडेलले विष्णु भगवानको प्रत्यक्ष अवतार शालिग्रामको सङ्ग्रह गरेकामा धन्यवाद दिए। बागलुङसँगको आफ्नो सम्बन्ध निकट रहेको उनले उल्लेख गरे।

मैले बागलुङमा धेरै समय बिताए’, राष्ट्रपति पौडेलले भने। उनले २०४६ सालको जनआन्दोलनमा  बागलुङ कारागारमा जेल जीवन बिताएको उल्लेख गरे। राष्ट्रपति पौडेलले कालीगण्डकीको धेरै ठूलो महत्व रहेकाले यसको संरक्षणमा जोड दिए। कालीगण्डकीको संरक्षण नगरे बागमतीको जस्तै अवस्था हुने उनको भनाइ थियो।

नेपाल धार्मिक, सांस्कृतिक र परम्पराले भरिएको मुलक भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सांस्कृतिक पक्षको संरक्षणमा सबै पक्षले ध्यान दिनुपर्ने बताए। ‘पानीको स्रोतको सुरक्षा गर्न जरुरी छ, पानी भएर नै सिङ्गो जगत छ, त्यसले गर्दा हिमाल, वन जङ्गलको संरक्षण गर्नुपर्छ, कालीगण्डकी धार्मिक हिसाबले निकै महत्वपूण रहेकाले यसको संरक्षणमा लागौँ’, राष्ट्रपति पौडेलले भने– ‘म बागलुङको मायाले यो स्थानमा पुगेको छु, यहाँ मैले धेरै समय बिताएको छु, यहाँको जनताले मलाई यहाँसम्म पुर्‍याएका हुन।’

प्रकाशित: ११ पुस २०८० ०८:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App