१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उजुरी परेका न्यायाधीशहरुको छानबिन गर्न समिति गठन

न्याय परिषद्ले उजुरी परेका न्यायाधीशहरुका विषयमा छानबिन गर्न समिति गठन गरेको छ। न्याय परिषद्को आइतबार बसेको बैठकले तीनजना जिल्ला न्यायाधीशका विषयमा जाँचबुझ समिति गठन गरेको हो।

परिषदमा परेका उजुरीको प्रारम्भिक अध्ययनका क्रममा थप अनुसन्धान गर्नुपर्ने भएकाले जाँचबुझ समिति बनाइएको हो।

जिल्ला अदालतका न्यायाधीशहरु अम्बिका निरौला, परशुराम भट्टराई र राजकुमार कोइरालाविरुद्ध परेका उजुरीमाथि अध्ययन गरी जाँचबुझ समितिले प्रतिवेदन बुझाउनेछ।

न्यायपरिषदले सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ समिति बनाएको हो।

न्याय परिषद् स्रोतका अनुसार उजुरीको अध्ययन शुरु भएको छ। कतिपय न्यायाधीशविरुद्ध परेका उजुरी तामेलीमा र कतिपय छानबिनको क्रममा परेको बताइएको छ।

न्याय परिषद ऐन अनुसार न्यायपरिषदको सदस्य वा सर्वोच्च अदालतको न्यायाधीशको समितिले छानबिनमा परेका न्यायाधीशको स्पष्टीकरण लिनेदेखि बर्खास्तीको सिफारिस गर्नसक्ने व्यवस्था छ।

प्रकाशित: १० पुस २०८० ०७:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App