१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

आज 'क्रिसमस डे', हर्षोल्लासका साथ मनाइँदै

तस्बिरः राजिव खत्री।

आज क्रिश्चियन धर्माबलम्बीहरूको महान पर्व क्रिसमस हर्षोल्लासका साथ मनाइँदैछ। नेपालमा पनि आज क्रिश्चियन धर्मावलम्बीहरूले विभिन्न कार्यक्रमको आयोजना गरी  ‘क्रिसमस’ पर्व मनाइरहेका छन्। 

अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको अवसर पारेर क्रिश्चियन धर्मालम्बीले क्रिसमस पर्व मनाउँदै आएका छन्।

जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको विश्वास छ। येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ। उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास समेत गरिन्छ।

आजको दिनलाई ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टलाई सम्झने गरिन्छ। क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गर्ने गरिन्छ।

आज सरकारले सार्वजनिक विदा समेत दिएको छ।

प्रकाशित: ९ पुस २०८० ००:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App