२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुविधासम्पन्न भवनमा सर्‍यो मुगु प्रहरी

मुगुको नयाँ निर्माण भएको सुविधासम्पन्न भवन। तस्विर: गोविन्द केसी/नागरिक

जिल्ला प्रहरी कार्यालय मुगुको आफ्नै सुविधासम्पन्न भवन तयार भएको छ। पुरानो संरचनामै कार्यालय सञ्चालन हुँदै आएको मुगु प्रहरी कार्यालय अब अत्याधुनिक सुविधासम्पन्न भवनमा सरेको हो।

नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय भवनसहित अन्य संरचनाहरुको भव्य कार्यक्रम माँझ आइतवार उद्घाटन गरेका छन्। उद्घाटन गर्दै महानिरिक्षक कुुँवरले नेपाल सरकारले प्रहरीलाई श्रोत साधन पूर्ण बनाउन राम्रो भुमिका खेलेको बताए।

‘सिमिति स्रोत साधनकाबीच पनि नेपाल प्रहरीले शान्ती सुरक्षामा उत्कृष्ट कामहरु गरिरहेको छ।’ प्रहरी महानिरीक्षक कुँवरले भने, 'प्रहरीले आफ्नो जिम्मेवारीपूर्ण, उत्तरदायी भएर निभाह गरी  संगठन सुधार भईरहेको छ।'

जिल्ला प्रहरी कार्यालय भवन, ब्यारेक, कार्यालय प्रमुख, सिनियर प्रहरी अधिकृत निवास, हिरासत कक्ष र भान्छाघरको उद्घाटन गरिएको हो। यसअघि पुरानो संरचनामा जोखिम मोलेर प्रहरी बस्दै आएका थिए। २०७६ माघ ६ गते रोयल कन्स्ट्रक्सन कैलालीले प्रहरी भवन निर्माण सम्झौता गरेको थियो। कम्पनीले भ्याटसहित ७ करोड ५६ लाख ६३ हजार २ सय २६ रुपैँया ३ पैसामा निर्माण सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

सुरक्षित कर्णाली विशेष अभियान लागु भएयता कर्णालीमा शान्ति सुरक्षा मजबुत भएको कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले बताए। जानकारीसहितको घरघरमाा स्टिकर, पीडितहरुको निःशुल्क निवेदन लेखन, लागुऔषधविरुद्ध लालटिन अभियान, छिटो र छोटो माध्यमबाट क्यूआर कोर्डमार्फत मुद्धा दर्ता, नेपालगंजमा रहेका कर्णालीका प्रहरी युनिटहरु ल्याउने प्रकृया लगायतका कुराहरुमा प्रहरी खटिरहेको कर्णाली प्रहरी प्रमुख डिआइजी ढकालले बताए।

प्रहरी निरिक्षकको दरबन्दीमा २०२२ सालमा स्थापना भएको जिल्ला प्रहरी कार्यालय मुगुमा २०४६ सालमा प्रहरी नायव उपरीक्षकको दरबन्दी कायम भएको हो। मुगुमा २ वटा ईलाका प्रहरी कार्यालय, ९ प्रहरी चौकी, १ जिल्ला टाफिक कार्यालय, ३ वटा अस्थाई प्रहरी पोष्टसहित २० वटा प्रहरी यूनिट रहेको छ। २ सय ९३ दरबन्दी रहेको मुगुमा हाल २ सय ३७ जना कार्यरक्त छन्।

त्यस्तै कर्णाली प्रदेशभर नेपाल प्रहरीको स्वीकृत ३ सय १८ युनिटहरुमध्ये ७८ प्रहरी युनिटहरुको मात्रै आफ्नै भवन रहेको छ। बाँकी २ सय ३० युनिट भाँडामा सञ्चालन भएका छन्। भवन उद्घाटन कार्यक्रममा छायाँनाथ रारा नगरपालिका विष्णु कुमार भाम लगायत कार्यालय प्रमुख, जनप्रनिधिहरु सहभागी थिए। त्यस्तै छायाँनाथ रारा नगरपालिकाले ४ जनाको हत्या भएको मन्दु घटनामा उत्कृष्ट काम गरेका प्रहरीहरुलाई सम्मान गरेको थियो।

प्रकाशित: ८ पुस २०८० ०८:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App