२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फोटोमा शाक्य र वृत्तचित्रमा दुवाल

भक्तपुर नगरपालिकाले सकिमना पुन्हि (२०८० मंसिर ११) को अवसरमा गरेको हलिमली ब्वज्याको फोटो प्रतियोगितामा सुरेशराज शाक्य प्रथम भएका छन्। साथै, जयराम प्रजापति द्वितीय, किपा किजु डिजिटल फोटो तृतीय र उज्ज्वलचन्द्र बुद्धाचार्यले सान्त्वना पुरस्कार प्राप्त गरे। प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई २० हजार, द्वितीय हुनेलाई १५ हजार, तृतीय स्थान हासिल गर्नेलाई १० हजार र सान्त्वनालाई ७ हजार नगद पुरस्कार प्रदान गरियो।

त्यस्तै भक्तपुरको मौलिक पहिचान झल्किने कला, साहित्य, संस्कृति, शिक्षा र स्वास्थ्यलगायत विषयको लघु वृत्तचित्र प्रतियोगितामा ‘विश्वया’ उत्कृष्ट नमुना सहर ख्वपु नामक ख्वप मिडिया सर्कलको प्रस्तुति रहेको लघुवृत्तचित्रका हरिकृष्ण दुवाल प्रथम, क्वाँटीका तुल्सीकेशरी बासी द्वितीय, कला संस्कृतिका अनिष वेंजु तृतीय, बिस्का जात्राका रवीन्द्र किजुले सान्त्वना पुरस्कार हासिल गरे।

त्यस्तै प्रतियोगितामा प्रथम हुने विजेतालाई नगद २५ हजार, द्वितीय हुनेलाई २० हजार, तृतीय हुनेलाई १५ हजार र सान्त्वना पाउनेलाई १० हजार नगद पुरस्कार प्रदान गरियो।

उत्कृष्ट सबैलाई भक्तपुर नगरपालिका स्थापना भएको ७५औं वर्ष प्रवेशको सोमबार गरेको प्रवचन कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको हो। उनीहरू सबैलाई प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।

प्रकाशित: ३ पुस २०८० ०२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App