३ असार २०८१ सोमबार
image/svg+xml
समाज

बुटवलमा ‘क्रियटर्स च्याम्पिएन’ सम्पन्न

नेपाल रिपब्लिक मिडियाले सुरु गरेको ‘क्रियटर्स च्याम्पिएन’कार्यक्रम बुटवलमा आइतबार सम्पन्न भएको छ।युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न सञ्चार क्षेत्रबाट भुमिका खेल्ने उद्देश्यले संचालन गरिएको क्रियटर्स च्याम्पिएन अन्तर्गत आइतबार बुटवलमा ‘म नागरिक, म बनाउँछु नेपाल’ –क्रियटर्स च्याम्पिएन कार्यक्रम सम्पन्न भएको हो। 

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको तिलोत्तमा क्याम्पस र बुटवल उपमहानगरपालिकामा रहेको कालिका मानव ज्ञान मावि /क्याम्पसमा छुट्टा छुट्टै कार्यक्रमका बिच ‘क्रियटर्स च्याम्पिएन’ सम्पन्न भएको हो।कार्यक्रममा कलेजका बिद्यार्थीहरुको सहभागीता थियो।कार्यक्रमबारे प्रकाश पार्दै नेपाल रिपब्लिक मिडियाका प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवालीले मेरो देश मैले बनाउन सक्छु भन्ने चेतना युवाहरू माझ सञ्चार गर्दै मुलुक बनाउने नवीन सोचको उजागर गर्ने उद्देश्यले यो अभियान संचालन गरिएको जानकारी दिइन।

युवाहरूमा रहेको नवीनतम सोच,योजना,उत्साह र जाँगरले नयाँ नेपाल,समृद्ध नेपालको परिकल्पना साकार पार्न सकिने  भन्दै उनले आफ्नो देश कस्तो चाहिन्छ भन्ने कुरा युवाहरूले सोच्ने बेला आएको बताइन। ‘अव युवाहरूले म मेरो देशलाइ कस्तो बनाउन चाहन्छु र कसरी बनाउन सक्छु भन्ने सोच्ने बेला आयो, तपाईँसँग भएका नयाँ आइडियाहरू क्रियटर्स च्याम्पिएन मार्फत बाहिर ल्याउनुस् ।हामी सञ्चारको माध्यमबाट तपाइका नयाँ सोच योजनाहरूलाई उजागर गर्दै मुलुक बनाउने अभियानमा जुट्ने छौँ’ सिइओ ज्ञवालीले भनिन।

 देशको मेरुदण्डको रुपमा रहेको युवा शक्तिको आवाज,समस्या सुन्न र पहिचान गर्न  नसक्दा मुलुक पछाडि परेको भन्दै उनले नेपाल रिपब्लिक मिडियाले म नागरिक, म बनाउँछु नेपाल अभियान  मार्फत युवाका नवीन सोच र योजनाहरू उजागर गर्ने बताइन ।‘तपाइहरू आफ्नो सपनाको देश कस्तो चाहनुहुन्छ  र कसरी बनाउनुहुन्छ, मेरो देश म यसरी बनाउँछु भनेर आइडिया शेयर गर्नुस् । यो देश अव नेताहरूबाट हैन तपाइहरू जस्ता युवाहरूको नवीन सोचबाट बदलिन्छ’ ज्ञवालीले भनिन। उनले अभियान अन्तर्गत देश कसरी बनाउने भन्ने बारे नवीन सोच सहितको सानो भिडियो बनाएर पठाउन  र क्रियटर्स च्याम्पिएन बन्न युवाहरूलाई आग्रह गरिन।

कार्यक्रममा स्याकार ट्रेडिङ कम्पनी प्रालिका प्रबन्ध निर्देशक सौरभ ज्योतीले पछिल्लो समय विकसित प्रविधिलाई आत्मसाथ गरेर अगाडी बढ्न सके कम्तीमा दश वर्षमा जुनसुकै क्षेत्रमा लागे पनि सफलता हात पार्न सकिने बताए। विदेश पलायनको मानसिकतालाई त्यागेर आफनै देशमा उद्यमशीलताको विकास गर्ने उद्देश्य लिएर अगाडी बढ्न युवाहरूलाई आग्रह गरे।नेपालमा हरेक क्षेत्रमा सम्भावना रहेको भन्दै उनले विदेशमा गरिने मेहनत र लगन देशमै गरे अहिलेको युवाहरूले नेपाललाई नै सिंगापुर बनाउन सक्ने दावी गरे। ‘यहाँ अथाह सम्भावना छ तीनको पहिचान गर्ने प्रयास गरौँ,समय,प्रविधि, सामाजिक सञ्जाल जस्ता कुराहरूको प्रयोग सही ढंगले गरौँ तीनको सदुपयोग गरौँ,सकारात्मक सोच  र सपना देख्ने बानीको विकास गरौँ, यती गर्न सक्नु भयो भने तपाइको सपनाको देश यही पाउनुहुनेछ’ स्याकारका प्रबन्ध निर्देशक ज्योतीले भने।

प्रबन्ध निर्देशक ज्योतीले नेपाल रिपब्लिक मिडियाले सुरु गरेको देश बनाउने यो अभियानमा सहभागी भई आफना नवीन सोच र योजनाहरू पठाउन तिलोत्तमा र कालिका मानव ज्ञान उच्च माविका बिद्यार्थीहरुलाइ आग्रह गरे।

 तिलोत्तमा क्याम्पसका सहायक प्राचार्य  मुकुन्द आर्चायले रिपब्लिक मिडियाले संंचालन गरेको क्रियटिभ च्याम्पिएन कार्यक्रम निकै सान्दर्भिक र प्रभावकारी रहेको बताए।सहायक प्राचार्य आर्चायले अवसरको खोजीमा युवा जनशक्ति विदेश पलाएन भइरहेको बेला सुरु गरिएको कार्यक्रमले युवाहरूलाई देशमै सम्भावनाको खोजी गर्न सिकाउने विश्वास व्यक्त गरे।कालिका मानव ज्ञान माविका प्राचार्य दिनेश थापाले नेपाल रिपब्लिक मिडियाले संचालन गरेको यो अभियानले युवाहरूमा नयाँ सोचको विकास गर्न मद्दत पुग्ने बताए।देश बनाउने अभियानका साथ सुरु गरिएको कार्यक्रमले युवामा रहेको नविनतम सोच र क्षमताको उजागर गर्ने भन्दै उनले कार्यक्रमको सह्राना गरे।

सोही क्रममा देश विकासमा युवाहरूको सहभागीता,सम्भावनाहरूको पहिचान,सफलताको सूत्र, समस्याहरूको पहिचान र समाधान कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा नेपाल रिपब्लिक मिडियाका प्रमुख कार्यकारी अधिकृत समृद्धि ज्ञवाली र स्याकार ट्रेडिङका प्रबन्ध निर्देशक सौरभ ज्योतीले बिद्यार्थीहरुलाइ जानकारी गराए।

कार्यक्रममा सहभागी तिलोत्तमा क्याम्पस र कालिका मानव ज्ञान मावि/क्याम्पसका बिद्यार्थीहरुले देश बनाउने अभियानका साथ सुरु गरिएको कार्यक्रमले आफ्नो देश आफै बनाउनु पर्छ  र बनाउन सक्छु भन्ने भावनाको सञ्चार गरेको प्रतिक्रिया दिए।

कार्यक्रममा नेपाल रिपब्लिक मिडियाका प्रमुख अपरेटिङ अफिसर मदन अर्यालले कार्यक्रमबारे प्रकाश पारेका थिए। नेपाल रिपब्लिक मिडियाले युवाहरूका आवाज, समस्या  उजागर गर्दै युवाहरूलाई देश बनाउने अभियानमा सरिक बनाउन उनीहरूका नवीन सोच र योजना मिडिया मार्फत बाहिर ल्याउने उद्देश्यले क्रियटर्स च्याम्पिएन अन्तर्गत म नागरिक , म  बनाउँछु नेपाल अभियान सुरु गरेको हो । यो अभियान गत मंसिर १२ गते विराटनगरबाट सुरु भएको हो ।आइतबार बुटवलका दुई वटा कलेजमा छुट्टा छुट्टै कार्यक्रम सम्पन्न भएको हो।

यो अभियान अन्तर्गत देश कसरी बनाउने भन्ने बारे नवीन सोच सहितको सानो भिडियो बनाएर युवा तथा बिद्यार्थीहरुले नेपाल रिपब्लिक मिडियामा पठाउन सक्नेछन्। १६ देखि २६ वर्ष मुनीका युवा तथा बिद्यार्थीहरुले कार्यक्रममा सहभागीता जनाउन पाउनेछन। उत्कृष्ट योजना तथा सोच(आइडिया) सहितको भिडियो पठाउने मध्येबाट क्रियटर्स च्याम्पियनलाई पहिलो, दोश्रो,तेस्रो र सान्त्वना पुरस्कार प्रदान गरिने छ। 

प्रकाशित: २६ मंसिर २०८० १३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App