२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

आज ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ मूल नारासहित यस वर्षको अपाङ्गता दिवस मनाइँदै छ।

संयुक्त राष्ट्र सङ्घले सन् १९८१ लाई अपाङ्ग वर्ष घोषणा गरी विश्वव्यापी रूपमा मनाउन आह्वान गरेपछि प्रत्येक वर्ष डिसेम्बर ३ मा विश्वभर अपाङ्गता दिवस मनाउन सुरु गरिएको हो।

दिवसको अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले आयोजना गरेको प्रभात फेरी र्‍याली काठमाडौँको भद्र कालीबाट सुरु भई न्यूरोड गेट, शान्ति बाटिका, रत्नपार्क हुँदै भृकुटी मण्डपमा पुगी कार्यक्रम गरिएको छ।

प्रकाशित: १७ मंसिर २०८० ०५:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App