१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रुपन्देहीमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

रुपन्देहीमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।एक जना गम्भीर घाइते भएका छन्।प्रहरीका अनुसार  आज बिहान लुम्बिनी सांस्कृतिक नगरपालिकाको महुबारीमा सिद्धार्थ प्रतिभा बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको हो।

बसको ठक्करबाट मोटरसाइकलमा सवार लुम्बिनी सांस्कृतिक नगरपालिका ४ का २१ वर्षका मोहम्मद इर्साद र २१ बर्षीया रुक्सना खातुनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी मनोहर भट्टले जानकारी दिए।

मोटरसाइकलमा सवार अर्की एक २० बर्षीया युवती अप्सरा खातुन गम्भीर घाइते भएकी छन।उनको भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।लुम्बिनीबाट कालीदह तर्फ जाँदै गरेको स्कुल बसले मोटरसाइकललाई पछाडीबाट ठक्कर दिएको थियो।मोटरसाइकलमा तीन जना सवार थिए।घटना लगत्तै स्थानीयले स्कुलवशमा आगो लगाइदिए पछि केही बेर स्थिति तनावग्रस्त बनेको थियो।

प्रकाशित: १६ मंसिर २०८० ०६:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App