८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

ई–पासपोर्टको अनलाइन फारम अब निःशुल्क भरिदिने

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज बिहीबारदेखि प्रशासन कार्यालयकै कार्यकक्षबाट राहदानी(ई–पासपोर्ट)को अनलाइन फारम निःशुल्क भरिदिने व्यवस्था गरेको छ।निमित्त प्रमुख जिल्ला अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रशासन कार्यालयका सूचना अधिकारी टंकबहादुर भट्टराईले प्रशासन कार्यालयले ई–पासपोर्टको अनलाइन फारम निःशुल्क भरिदिने गरी सेवा आरम्भ गरेको बताए। 

उनका अनुसार प्रशासन कार्यालयको झ्याल नम्बर १५ बाट अब नियमित रुपमा यो सेवा प्रवाह हुने छ ।प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले गत मंसिर ५ गते प्रशासन कार्यालयकै कार्यकक्षबाट राहदानी(ई–पासपोर्ट)को अनलाइन फारम निःशुल्क भरि दिने गरी सेवा सुरु गर्ने घोषणा गरेकी थिइन्। ताप्लेजुङको नयाँ प्रमुख जिल्ला अधिकारी भएर आएपछि ताप्लेजुङका सरोकारवालासँग जिल्लाको वस्तुस्थिति बुझ्ने क्रममा सञ्चारकर्मीसँगको भेटमा पौडेलले गरेको घोषणाले १० दिनमै सार्थकता पाएको छ।

सञ्चारकर्मीहरुले राहदानी (ई–पासपोर्ट)को अनलाइन फारमका कारण सेवाग्राहीले अनावश्यक झन्झट र प्रचलित दर भन्दा बढी खर्चिनु परेको गुनासो आएको विषय प्रजिअ पौडेललाई राखेका थिए। सोही क्रममा पौडेलले यो व्यवस्था सुरु गर्ने विषय आफूले पनि सोचिरहेको तर यसैबे लाबाट सुरु हुन्छ भनेर ठ्याक्कै मिति घोषणा भने गर्न नसकिने बताएकी थिइन्। 

प्रकाशित: १४ मंसिर २०८० ०९:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App