१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

तलेजुको पायःद्यो जात्रा सम्पन्न

बडादसैं र एकादशीको मध्यरातमा मनाइने भक्तपुर तलेजुको पायःद्यो (खड्ग देव) को जात्रा गए राति सम्पन्न भएको छ। तलेजु भवानीको साक्षात्त रूप मानिने पायःद्यो लाई रातो कपडाले बेरेर युद्ध कवच पहिर्‍याई जात्रा मनाइने गरिन्छ।

बडादसैंको राति तलेजु आगम मन्दिरको खँकुथि कोठावाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलिपात्र र शास्त्रअस्त्रसहित तलेजुको प्रतीरुप पायःद्योलाई तलेजुका मूल आचाजु र पुरोहितले राजोपाध्यलाई हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुने तलेजुका पुजारी नरेन्द्र जोशीले बताए।

जात्राका क्रममा तलेजुमा राजोपाध्यायले पायःद्योलाई आफ्नो काँधमा बोकेर तलेजु मूलचोकबाट बेकोचोक पुगेपछि सर्वसाधारणका लागि पूजा र दर्शन गर्न दिने परम्परा रहेको छ।

पायःद्योले दरबार स्क्वायरस्थित स्वर्णद्वार पुगेपछि पङ्क्तिबद्ध रूपमा प्रतीक्षारत रहेका नवदुर्गा देवगणलाई पालैपालो मन्त्रसिद्धी प्रदान गर्छन्। तलेजु भवानीबाट मन्त्रसिद्धी प्राप्तिपछि पायःद्यो जीवित देवता नवदुर्गा देवगणसहित पथयात्राका लागि अगाडि बढ्ने प्रचलन छ। यो जात्रा चन्द्रमासको तिथि र गतिका आधारमा नभइकन माथिल्लो र तल्लो टोलमा गर्ने परम्पराको आधारमा हुने गर्दछ।

प्रकाशित: ८ कार्तिक २०८० ०३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App