२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रसुवामा आलु बोकेको मिनि ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

रसुवामा मिनि ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।

मृत्यु हुनेमा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङ रहेका जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले बताए।  

यस्तै दुर्घटनामा घाइते भएकाहरूमध्ये एक जनाको खुट्टा फ्याक्चर भएकाले जिल्ला अस्पताल रसुवामा उपचार भइरहेको छ भने सामान्य घाइते भएका छन्।

जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–२ नेशिङ खोलामा सोमवार साँझ आलु बोकेको बा ५ ख ५७८ नम्बरको आयसर मिनी ट्रक दुर्घटना भएको हो। ट्रक सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।

प्रकाशित: २३ आश्विन २०८० ०३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App