नेपाल एसबिआई बैंक लिमिटेडले ‘सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस’ को अवसरमा सबै कार्यालयका कर्मचारीहरूद्वारा प्रतिज्ञा गरेका छन्।
बैंकले सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी वा अन्य गैरकानुनी प्रयोजनका लागि दुरुपयोग हुनबाट बचाउन उच्चतम प्रावधान ग्रहण एवं पालना गर्नको लागि कर्मचारीहरूलाई प्रतिज्ञा गराएको हो।
नेपाल सरकारले माघ १४ गतेलाई राष्ट्रिय सम्पत्ति शुद्धीकरण निवारण दिवसको रूपमा मनाउन घोषणा गरे अनुरूप बैंकले सो दिवस मनाएको हो।
बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, रामकुमार तिवारीले प्रधान कार्यालय, काठमाडौंमा सम्पूर्ण कर्मचारीलाई एक कार्यक्रमका बिच प्रतिज्ञा गराएका थिए।
प्रकाशित: १५ माघ २०८२ ०८:५९ बिहीबार





